भारतमा २ लाख १६ हजारलाई कोनोना, सँक्रमणबाट ६ हजार ७५ को निधन


एजेन्सी,
मुम्बई, २२ जेठ

विश्वब्यापी रुपमा महमारीको रुप लिईरहेको कोरोना भाइरस(कोभिड(१९)ले भारतमा पनि महामारीको रुप लिईरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार बिहिबार मध्यान्नसम्म भारतमा कोरोना सँक्रमणबाट ६ हजार ७५ जनाको निधन भईसकेको छ । यस्तै हिजो मात्र दुई लाख ७ हजार सँक्रमित पुगेको भारतमा यो २४ घन्टामा थप ९ हजार ३०४ जनामा कोरोना सँक्रमण देखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या २६० जना पुगेको छ ।

यस्तै भारतबाट अहिलेसम्म कोरोना भाइरसबाट २ लाख १६ हजार ९१९ जना सँक्रमित भईसकेका छन् । दुई साता यताबाट भारतमा लकडाउन केही खुकुलो बनाउनुका साथै आबगमनमा पनि केही खुकुलो बनाएपछि कोरोना भाईरस उच्च गतीमा फैलिरहेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमित भएका छन् । यस्तै भारतमा कोरोना भाइरसका एक लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् ।