काठमाडौंमा पसल खोलेपछि सिडियोले बोलाए साना व्यबसायीलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ

काठमाडौं उपत्यकाका व्यापारीहरुले बिहिबार बिहानबाट पसल खोले । बिहिबार बिहान काठमाडौंको मुख्य क्षेत्र न्युरोड, असन, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, लगायतका विभिन्न क्षेत्रमा पसल खुलेका थिए । खुलेका मध्य आधा भन्दा बढी पसलहरु दिउँसो १२ बजेपछि पनि बन्द गरिएका छैनन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार बिहान सबै प्रकारका पसलहरू खुला भएपछि लकडाउन उलंघन गरेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो)हरूको ब्यबसायीहरुसँग वार्ताको लागि बसको छन् ।

अहिले जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा बार्ता सुरु हुँदैछ । आफुहरुलाई कम्तिमा ३२ जेठसम्म लकडाउन सफल बनाउन सहयोग गरिदिन सिडियोहरुले हिजो नै अनुरोध गरहेको र बार्तामा पनि त्यही कुरा चलेको सहभागी एक व्यबसायीले बताएका छन् ।

बार्तामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहित ललितपुर र भक्तपुरका सिडियोसँगै महासंघका अध्यक्ष नरेश कटुवाल, महासचिब अन्जन शाक्य सहित पदाधिकारीहरु छन् । ब्यबसायीहरु पसल खोल्ने पक्षमा छन् । सिडियोहरुले सरकारले चाँडै व्यबसायीको पक्षमा नयाँ निर्यण गर्ने भएकाले एक दुई धेर्यताको लागि अनुरोध गरेका छन् । दुई पक्षको बार्ता सकिएपछि यसको ठोस निस्कर्ष आउने पनि ती व्यबसायीले बताएका छन् ।