काठमाडौंका ब्यापारी बिहिबारबाट पसल खोल्ने पक्षमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ,

कोरोना सँक्रमण तिब्र रुपमा बढेपछि सरकारले ३२ जेठसम्मको लागि देशभर लकडाउन घोषणा गरेको छ । तर त्यसको उलँघन गर्दै काठमाडौंका व्यवसायीहरुले २२ जेठ बिहीबारबाट पसल खोल्ने घोषणा गरेका छन् ।

सरकारले आफुहरुको मर्का नबुझी एकोहोरो लकडाउन बढाएको भन्दै बिहिबारबाट बिहान बिहान ११ बजेसम्म हरेक दिन पसल खोल्ने निर्णय भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको बैठकले आज गरेको सो महासंघले जनाएको छ ।

पसल बन्द भएका कारण सामानहरु बिग्रिँदै गएको, पसल भाडा तिर्न नसकिएको, कर्मचारीको तलब बन्दमा पनि दिनु परेको, बैंक ब्याज, बिजुलीको महसुलजस्ता विभिन्न कारणले गर्दा एकतर्फी पसल खोल्ने निर्णय गरेको महासंघका महासचिब अन्जन शाक्यले बताएका छन् ।
तर आफुहरुले कोरोना संक्रमण फैलन नदिन सुरक्षा सतर्कता पनि अपनाउने महासंघले निर्णय गरेको पनि उनको कथन छ ।

राज्यका तर्फबाट बन्द गर्न आएमा साना पसलेहरुले आफ्नो लगानीको क्षतीपूर्ति माग्ने पनि बताएका छन् । होटल लगायत बन्द भएका विभिन्न व्यबसायलाई राज्यले सहुलियत दिने भए पनि पसललाई वेवस्ता गरेकाले आफुहरु खोल्न बाध्य भएको पनि शाक्यको भनाई छ । यसबारे राज्य पक्षको प्रतिक्रिया, कारवाही वा समर्थन के हुन्छ, त्यो भने हेर्न बाँकी छ ।