आज कोरोनाबाट काठमाडौंमा १ को निधन, मृतक ९ पुगे 


ब्युटी न्युज नेपाल

काठमाडौं, २१ जेठ

नेपालमा फेरी आज १ जनाको कोरोना सँक्रमण भाईरसबाट निधन भएको छ । दोलखाका ७६ वर्षका पौढ पुरुषको आज उपचारको क्रममा निधन भएको हो । उनको कोरोना भाईरस सँक्रमण यस अघि नै पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताएका छन् ।

उनी जेठ १३ मा काठमाडौं मेडिकल कलेज सिनामँगलमा भर्ना भएका थिए । उनको १५ जेठमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । उनलाई कोरोना देखिएपछि सिनामँगल अस्पतालमा ३ जना स्वास्थ्यकर्मीलाई कोरोना सँक्रमण देखिसकेको छ ।

ति बृद्धमा १५ जेठमा कोरोना सँक्रमण देखिएपछि यी बृद्धलाई त्रिबिबी अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको आज निधन भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ९ जना पुगेको पनि डा. देवकोटाले बताए ।