काठमाडौं मेडिकल कलेजमा थप एक डाक्टरलाई कोरोना, अस्पताल बन्द


ब्युटी न्युज नोपल
काठमाडौं, २१ जेठ,

यस अघि ४ जनामा कोरोना बन्द भएपछि अकस्मात सेवा बन्द गरिएको काठमाडौंको सिनामंगल स्थित काठमाडौ मेडिकल कलेजका थप एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । सो मेडिकल अस्पतालका प्रमुख डा. चन्दा कार्कीले एक जनामा डक्टरमा कोरोना सँक्रमण पुष्टी भएको बताएका छन् ।

सो अस्पतालमा यसअघि मंगलबार २ जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टी भएको थियो । सो मेडिकल कलेजमा बुधबार एक चिकित्सकमा संक्रमण पुष्टि भएको बताउँदै मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले अरुलाई सँक्रमण सर्न नदिने तयारीमा आफुहरु जुटेको बताएका छन् । यसका लागि हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको पनि उनले जानकारी गराएका छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको डा. कार्कीले बताए ।