डडेल्धुरामा फेरी क्वारेन्टाईनमा महिलाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

मुलुकमा एक लाख भन्दा बढी नेपालीहरु घर बाहिर विभिन्न स्कुल, कलेज, गाउँपालिक भवन, सामुदायिक भवन आदिमा क्वारेन्टाईनमा छन् । यस्ता क्वारेन्टाईनमा दैनिकजसो मृत्यु हुने गरेको छ । यसै क्रममा डडेल्धुरामा फेरी क्वारेन्टाईनमा महिलाको मृत्यु भएको छ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको हो । त्यहाँ बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको पुष्टि गरे । मृत्युपछि उनको स्वाब सँकलन गरिने पनि मल्लले बताए । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।

गन्यापधुरा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टका अनुसार मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिला आएर सो क्वारेन्टाईनमा बसेका हुन् ।

‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ । हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आउला ।’ विष्टले भने ।