रुकुम पश्चिम काण्डमा हराएका छैटौं पनि मृत्य भेटिए


ब्युटी न्युज नेपाल
सुर्खेत, २० जेठ

हराएको १० दिनपछि रुकुम पश्चिमको भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव भेरी नदीमा मंगलबार फेला परेको छ । रुकुम पश्चिम घटनामा उनको शब फेलापरेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो । शसस्त्र प्रहरी बलको गोताखोरले उनीहरुको शब खोजी गरेको थियो ।

चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको हो । आफ्ना साथी नवराज विकाका लागि उनी जाजरकोटाबाट चौरजहारी केटी भगाउन गएका हुन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको हो । उनीसँगै भेरी नदीमा फालिएको भनिएका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।