ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

नेपालमा निरन्तर ७० दिनदेखि लक डाउन भएपछि संगीतकर्मीहरु पनि आर्थिक संकटमा रहेको समाचार यस अघि आएका थिए । आर्थिक अभावले कतिपय बाद्यबादक, गीत रेकर्डिस्ट, संगीतकर्मीहरुको चुलो नबल्ने अबस्था आएको जानकारी पाएपछि अमेरिकामा बसोबास गरिरहेका नेपाली संगीतकर्मी उमेश रेग्मीले संगीतकार संघ नेपालमार्फत उनीहरुका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । रेग्मीले संगीतकार संघलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । यो रकमले अहिलेको विषम परिस्थितिमा संगीतकर्मीहरुलाई खाद्यन्न सहयोग गर्न केही सहुलियत हुने उनले बताएका छन् ।

उमेश रेग्मी पनि संगीतकार हुन् । इनरुवाका स्थायी वासिन्दा संगीतकार रेग्मी हाल अमेरिकाको भर्जि्नियामा बसोबास गर्छन् ।

उनीद्धारा उपलब्ध गराइएको उक्त रकम संगीतकार आनन्द राईद्वारा संघका कोषाध्यक्ष हरि लम्साल तथा लक्ष्मण शेषज्यूको हातमा हस्तानन्तर गरिएको छ । सो रकमबाट समस्यामा परेका सँगीतकर्मीलाई आद्यान्न सहयोग गर्ने लक्ष्मण शेषले जानकारी गराएका छन् । उनको संगीतमा हालसम्म दीप श्रेष्ठ, शिव परियार, विश्व नेपाली, रामकृ्ष्ण ढकाल, मेलिना राई, टीका प्रसाई,वाणिका प्रधान, राज पौडेलसहित विभिन्न गायक–गायिकाहरूले गीत गाइसकेका छन् ।