ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

चन्द्रागिरी नगरपालिकालाई कारोना सँक्रमण बिरुद्ध सघाउन विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा स्वास्थ्य सामाग्री लगायत विभिन्न सामग्री सहयोग प्रदान गरिएको हो ।

कारितास नेपाल, सर्बोदय नेपाल, कारितास अष्ट्रेलिया र अष्ट्रेलियन एडका तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरिएको हो । यी संस्थाले हाइजेनिक किट किट ७० सेट, थर्मल गन ३ थान, स्प्रे मेशिन २ थान, स्प्रे झोल ५ लि. ‘एकएन९५ मास्क’ माक्सर ४० थान र पञ्जा ४० थान प्रदान गरिएको छ । कारीताश नेपालका कार्यक्रम प्रबन्धक तेज बहादुर बस्नेतले ती सामग्रीहरु प्रदान गरेका हुन् ।

चन्द्रागिरी नगरपालिकाका तर्फबाट नगर उपप्रमुख लिशा नकर्मीले यस्तो अबस्थामा आफ्नो नगरपालिकालाई सम्झिए स्वास्थ्यसामग्री प्रदान गरेको भन्दै सम्बन्धित संस्थालाई धन्यबाद ज्ञापन गरे । स्वास्थ्य सामग्री ग्रहण कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीसहित नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की तथा नगरपालिका कर्मचारीहरु सहभागी थिए ।