बाँके दुर्घटनामा घाईत २१ जनाको नाम सार्वजनिक


ब्युटी न्युज नेपाल
बाँके, १९ जेठ

गएराती बाँकेमा दुर्घटनामा परी घाईते भएर उपचार गराईरहेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । सो दुर्घटनामा ११ जनाको घटना स्थलमा र १ जनाको अस्पतालमा निधन भएको छ । अझै ३ जना घाईतेको अबस्था गम्भिर रहेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् ।

मृतक मध्य २ जनाको सनाखत भईसकेको छ भने बाँकीको सनाखतको क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको घाईतेहरुको विवरण यसप्रकारको छ ।

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ। का २० वर्षीय वीरेन्द्र परियार
ऐ। का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब। बिक
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ। का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ। का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।