कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

बरिष्ट कलाकार जयनेन्द्र चन्द ठकुरीको बिहान ११ बजेर २० मा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८० वर्षको उमेरमा आफ्नै घर बागडोलमा निधन भएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अहिले उनको पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि हुँदैछ ।

उनी लामो समयदेखि शारीरिक पक्षघाटको समस्याले घरमै थलिएका थिए । मधुमेहको समेत समस्या उनमा थियो । घरमा उनी आफ्नी छोरीसँगै बस्दै आएका थिए ।

कलाकार चन्दले नाटकबाट आफ्नो अभियन यात्रा सुरु गरेका थिए । नाटक हुँदै टेली चलचित्र, चलचित्रमा काम गरेका उनले हालसम्म १ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थिए । कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

उनले चलचित्र अभिनयमै चार दशक बिताईसकेका छन । उनका दर्जनौ हिट टेलिचलचित्रहरु पनि छन् । उनको निधन प्रति नेपाल चलचित्र कलाकार संघले दुःख व्यक्त गरेको छ ।