क्वारेन्टाईनमा बसेका बालकको ज्वरोबाट मृत्यु


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, १८ जेठ

डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको आईतबार बिहानीपख मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा जिल्ला, नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । उनी आफ्ना परिवारसँग भारतको मुम्बईबाट शनिबार रातीमात्र त्यहाँ आईपुगेका थिए ।
क्वारेन्टाईनमा आईपुग्दा ती बालकमा उच्च ज्वरो थियो । उनलाई अस्पतला पुर्याउँदा निधन भईसकेको प्रहरीले जनाएको छ ।

जिल्ल अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जगदीशचन्द्र विष्टका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल ल्याईपुर्याउँदा उनको निधन भईसकेको थियो । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पठाइसकेको छ भने कोरोना रिपोर्ट आएपछि मात्र ती बालकको दाहसंस्कार गरिने निमित्त मेसु विष्टले बताएका छन् ।

मुम्बईमै उनलाई मलेरिया देखिएको उनका परिवारले जनाएका छन् । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ ।