ब्युटी न्युज नेपाल
सुर्खेत, १७ जेठ,

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको सँख्या ७ पुगेको छ । दैलेखमा शनिबार मृत्यु भएका पुरुषमा कोरोना सँक्रमण पोजेटिभ आएपछि नेपालमा कोरोनाबाट मृतकको सँख्या ७ पुगेको हो ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको दुल्लु–११ का ३५ वर्षीय पुरुषको कोरोना सँक्रमणको रिपोर्ट पोजेटिभ आएको छ । आज दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनी १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । उनीसँग ७९ जना साथीहरु पनि आएका थिए । उनको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षण गरिने भएको छ ।

कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको हो । उनको स्वाब तीन दिनअघि पठाइएको थियो ।