ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

आज बेलुका ४.८ रेक्टर स्केलको भूकम्प काठमाडौं आसपासको क्षेत्रमा गएको छ । धदिङको सुनौला बजार केन्द्रबिन्दु पारेर सो भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । आज बेलुका ९ बजेर ३६ मिनेटमा गएको भूकम्पको धदिङसँगै, काठमाडौं उपत्यका, चितवन, तनहुँ, नुवाकोटालगायतका क्षेत्रमा धक्काको महसुस गरिएको थियो ।