सरकारले जेठ ३२ सम्म लकडाउन बढायो


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

नेपाल सरकारले फेरी १२ दिन लकडाउन बढाउने निर्णय गरेको छ । सरकारले २१ जेठबाट ३२ जेठसम्म १२ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्व्याउने निर्णय गरेको हो ।
यसबीचमा लकडाउनको मोडालिटी परिवर्तनबारे समेत छलफल गरिने एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, असार १६ गते (जुन ३०) सम्म अन्तर्रा्ष्ट्रिय उडान स्थगित राख्ने र सीमानाका सिल गर्ने निर्णय पनि सरकारले गरेको छ ।