ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

गायक बिनोद वानियाको आवाजमा सन्देशमुलक गित ‘जित्छौ हामी’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । मेन मिडियाको प्रस्तुती रहेको गितको भिडियो मार्फत नेपालका चर्चित राजनितिज्ञ , कलाकार, खेलाडीहरुले नेपालीसंग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्छौं भन्ने सन्देश दिएका छन् ।

गितलाई सञ्चारकर्मी सन्जोक बस्यालले लेखेका हुन् । । श्यामसुङ तामाङले एरेन्ज गरेका गितमा संगित गायक बाँनिया कै रहेको छ । भिडियोलाई विनोद पोखरेल , श्रीधर पौडेल ,मिलन शंकर , सविन गायक , कमल प्रसाई र विवेक बस्यालले खिचेका हुन् । । ड्रोन छायांकन कमल प्रसाई र सुरज श्रेष्ठको छ । सम्पादन शाहिल खान र विज्ञान राईले गरेका हुन् ।

भिडियोमा पूर्व प्रधामन्त्री बाबुराम भट्टराई,गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,गायिका तथा सांसद कोमल वली ,नेपाली फुटवल टिमका पूर्व कप्तान अनिल गुरुङ, रंगकर्मी अनुप बराल , नायक राजबल्लभ कोइराला , नायिकाद्धय दिया मास्के ,सिपोरा गुरुङ ,महिला फुटबल खेलाडी सावित्रा भण्डारी ,कलाकार प्रकाश घिमिरे , माओत्से गुरुङ, निराजन प्रधान लगायत चर्चित व्यक्तित्वहरुलाई फिचर गरिएको छ । भिडियोलाई सन्जोक र विजय बस्यालले निर्देशन गरेका हुन् ।