युट्युबमा आयो भुवन चन्दको चलचित्र साईनो


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

नयाँ चलचित्र साईनो भिडियो सञ्जाल युट्युबमा पनि रिलिज गरिएको छ । यो चलचित्रलाई बोधी एचडी युट्युब च्यानलबाट भिडियो भर्सन रिलिज गरिएको हो ।

यो चलचित्रलाई नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् । फिल्मलाई युट्यबमा दर्शकले रुचाएको चन्दले बताएकी छिन् । यसलाई रमेश थापाले निर्देशन गरेका हुन् ।

लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा पनि राखिएको निर्देशक रमेश थापाले बताए । कुनै पनि चलचित्र नचलेका बेला गत वर्ष हलमा रिलिज भएको यो चलचित्रले भने राम्रो तारिफ पाएको थियो । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरबीले लेखेका छन् ।

चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ ।