आज १७० लाई कोरोना, १ को मृत्यु, नेपालमा सँक्रमित १२१२ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

नेपालमा कोरोना सँक्रमण (कोभिड १९)को सँख्या १ हजार २१२ पुगेको छ । नेपाल आज फेरी १७० जनामा कोरोना सँक्रमण देखिएको छ ।

यो सँगै १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताएका छन् । यस्तै गत ११ जेठमा मृत्यु भएका १ जनामा कोरोना सँक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  देवकोटाले नियमित पत्रकार भेटघाटका क्रममा आज दिएको जानकारी अनुसार, कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

डा देवकोटाका अनुसार झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो । धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको पनि उनले बताए ।

यस्तै सप्तरीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।

सर्लाहीमा ५ संक्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । यता पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ । अहिले उनको पाटन अस्पतालमै उपचाई भईरहेको छ ।

यसै गरी पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको पनि डा. देवकोटाले बताए ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । दाङको गढवाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष भएको पनि डा. देवकोटाले बताए ।