आज बिहान प्रदेश २ का ७६ जनामा कोरोना सँक्रमण देखियो


ब्युटी न्युज नेपाल
वीरगञ्ज, १५ जेठ

आज फेरी ७६ जनामा कोरोना सँक्रमण देखिएको सम्बन्धित ल्याबले जनाएको छ । आज प्रदेश २ अन्तर्गतका ६ जिल्लामा आज ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनाको गरी ७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले यो सँक्रमणको विवरण घोषणा गर्न बाँकी नै छ । तथापि यी दुई ल्याबबाट प्राप्त रिपोर्ट अनुसार धनुषामा आज सबैभन्दा बढी २९ जनामा, महोत्तरीमा १७ जनामा, सप्तरीमा १४ जनामा, सर्लाहीमा ७ जनामा, सिरहामा ६ जनामा र रौतहटमा ३ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको रिपोर्ट आएको हो ।