बुधबार एकै दिन १२९ जनालाई कोरोना, सँक्रमित ९०१ पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

नेपालमा एकै दिलन १२९ जनामा कोरोना सँक्रमण देखिएको छ । त्रुधबार नेपालमा एकै दिनमा १२९ जनामा कोरोना सँक्रमण देखिँदा हालसम्म नेपालमा सँक्रमितको सँख्या ९०१ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा कोरोना सँक्रमित भेटिएका हुन् । बगरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

बुधबार अपरान्हसम्म ११४ जनामा कोरोना देखिएको थियो साँझ फेरी १५ जना थपिएपछि नेपालमा एकै दिनमा १२९ सँक्रमित भेटिएका हुन् । बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ६ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।

बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।