निर्माता संघद्धारा सरकारको कदमको स्वागत


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै नेपाल चलचित्र निर्माता संघले सरकारको सो कार्यको स्वागत गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै सो कार्यको स्वागत गरेका हुन् ।

सो विज्ञप्तिमा लेखिएको छ,‘ कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूगोललाई समेटदै एतिहासिक रुपमा नेपाल सरकारबाट जारी गरिएको नक्साको नेपाल चलचित्र निर्माता संघ हार्दिक स्वागत गर्दछ । नेपाल एक सार्वभौम सम्पन्न, स्वाधिन र विश्वकै पुरातन मध्येको एक पूर्ण स्वतन्त्र मुलुक हो । स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको छ ।’

बिज्ञप्तिमा आगाडि लेखिएको छ,‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा नेपाल सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ । नेपाल सरकारको यस ऐतिहाँसक कदम प्रति ऐक्यवद्धता जनाउनुहुने प्रमुख प्रतिपक्ष दल लगायत विभिन्न राजनीतिक दलहरु प्रति पनि यस संघ हार्दिक धन्यबाद ज्ञापन गर्दछ । एकता नै शक्ति हो ।’