आज बिहान थप ७२ जनामा कोरोना, नेपालमा सँक्रमित ६७५ जना पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

आज सोमबार बिहान नेपालमा अरु ७२ जना कोरोना भाईरस संक्रमण पुष्टि देखिएको छ । यो सँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्त समिरकुमार अधिकारीले बताएका छन् ।

आज सँक्रमण पुष्टी भएका ७२ जनामा काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ जना, धुनषाका ३ जना, बाराका २ जना रहेका छन् ।
आज सबैभन्दा बढी रौतहटमा २६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । उनीहरु राजपुर, फरदहवा र इसानाथका हुन् । यी सबै काठमाडौंको टेकु ल्यावमा गरिएको परिक्षणमा पुष्टी भएको हो ।

यस्तै बारामा आज २१ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका हुन् ।

यस्तै दैलेखमा ७ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि सहप्रवक्ता अधिकारीले जानकारी गराएका छन् । यस्तै बाँकेमा ४ जना, सप्तरीमा २ जना र बर्दियामा १ जनामा कोरोना सँक्रमण आज पुष्टी भएको छ । सँक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।