ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

नेपालमा कोरोना सँक्रमितको सँख्या ५०७ जना पुगेको छ । शुक्रबार दिउँसो फेरी २० जना थपिएपछि सँक्रमितको सँख्या ५०७ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले बताएका छन् ।

जस मध्य १४ जना बाँकेका रहेका छन् । बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षण्मा उनीहरुको कोरोना सँक्रमण पोजेटिभ देखिएका हो । १४ जना मध्ये १३ जना नरैनापुरका पुरुष रहेका छन । उनीहरु १८ देखि ६१ वर्षसम्मका छन् । यता सँक्रमित १८ वर्षका १ जना भने राप्ती सोनारीपालिका बाँकेका हुन् ।

यता सेती अस्तालमा भएको परिक्षणमा कैलालीका ३ जनामा कोरोना सँक्रमण देखिएको छ । उनीहरु जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष हुन् ।

पर्शुराम, डलेलधुराका २८ वर्षका १ पुरुष, शिबनाथ बैताडीका २२ वर्र्षीय १ पुरुषमा पनि कोरोना सँक्रमण देखिएको प्रवक्ता डा. खतिवडाले बताए ।

यता रतुवामाई मोरङ ४१ वर्षका १ पुरुषमा पनि कोरोना सँक्रमण देखिएको छ । यसरी आज दिँउसो यी २१ जना सँक्रमित थपिँदा नेपालमा कोरोना सँक्रमितको सँख्या ५०७ पुगेको हो । जसमा ४३३ पुरुष, महिला ७४ जना महिला रहेका छन् । अहिलेसम्म कोरोन ४० जिल्लामा देखिएको छ ।