नेपालगञ्जका २१ जना कोरोनालाई जितेर घर फर्किए


ब्युटी न्युज नेपाल
नेपालगञ्ज ९ जेठ,

आज बाँकेका २१ जना कोरोना संक्रमितहरु कोरोन ठिक भएर बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्प्तालबाट घर फर्किएका छन् । बाँकेमा कोरोना सँक्रमण बढेपछि क्यान्सर अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरिएको छ ।

आज घर फर्किएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. प्रकाश थापाले नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका रहेको बताएका छन् । नेपालगञ्जमा सुरुमा स्थानीय एक मुस्लिम धर्मगुरुलाई कोरोना भएका थियो । त्यसपछि उनका परिवारका ७ जना सहित स्थानीयमा सँक्रमण सरेको थियो । यी गुरु सहित २१ जना आज घर फर्किएको पनि डा. थापाले जानकारी गराएका छन् ।

डा. थापाका अनुसार सो अस्पतालको आईसोलेसनमा २८ जनाको उपचार हुँदै थियो । जस मध्ये २१ जना ठिक भएर घर फर्किका हुन् । उनीहरुको पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएका कारण घर पठाएको पनि उनले बताए । पछिल्लो समय बाँके र बर्दियामा कोरोना सँक्रमित थपिएका छन् । त्यहाँ अस्पतालमा बेडको अभाब सुरु भएको छ । आज २१ जना घर फर्कँदा अब अरु बिरामीले उपचारको लागि बेड पाउने भएका छन् ।

तस्वीर : खगेन्द्र दाहाल