आज दिउँसो ९ जना सँक्रमित थपिँदा नेपालमा ४५३ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

नेपालमा फेरी ९ जना नयाँ कोरोना सक्रमित थपिएका छन् । जसमा रुपन्देहीका १ जना र झापका ८ जना रहेका छन् । आज दिउँसो कोरोना सँक्रमित ९ जना थपिँदा नेपालमा सँक्रमित सँख्या ४५३ जना पुगेका छन् । जसमा ३८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बिहिबार दिउँसो थप ९ जनामा कोरोना सँक्रमण पुष्टी भएको बताएका छन् । उनका अनुसार सँक्रमितमा रुपन्देहीका २७ वर्षीय पुरुष रहेका छन् । उनी त्यहाँको श्रीलँकन गेष्ट हाउसको क्वारेन्टाईनमा उपचाररत छन् ।

यस्तै झापाका ८ जना सँक्रमितमा वर्ष ८ , १७, १७, १८, २०, २०, २३, ५२ का पुरुष छन् । उनीहरुको पिसिआर विधिबाट गरिएको परिक्षण पोजेटिभ आएको पनि प्रवक्ता देवकोटाले बताएका छन् । उनीहरु सबै कचनकवल झापाको लक्ष्मी देवकोटा मावि क्वारेन्टाईनमा रहेको पनि उनले बताए ।

सँक्रमित जिल्ला अहिलेसम्म ३८ पुगेको पनि उनले बताए । आज कोरोना मुक्त भएर ४ जना टेकु अस्पतालबाट डस्चार्ज भएका छन् । आजसम्म कोरोना ठिक हुनेको सँख्या नेपालमा ४९ पुगेको छ ।

गुल्मीका ४१ वर्षीय कोरोना सँक्रमित पुरुष शिक्षकको रुपन्देही स्थित क्रिमसन अस्पतालमा मृत्यु पनि स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको छ । उनीसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको छ ।