ब्युटी न्युज नेपाल/सरिता भारती 

काठमाडौं, ८ जेठ

किर्तीपुरको किर्तीपुर आबास क्षेत्रको नयाँ बस्ती, सल्यानथान क्षेत्रमा झगडा हुँदा एक जना सक्त घाईते भएका छन् । अपसी झगडामा खुकुरी प्रहार गरेपछि ती व्यक्ति गम्भिर घाईते भएका हुन् । उनीसँगै अर्का एक व्यक्ति पनि घाईते भएका छन् ।

हिजो राती भएको सो घटनामा घाईते युवा र टोलका युवाबीच मारकाट भएको थियो । मारकाट बढेपछि त्यहाँको सुरक्षा व्यबस्था कडा बनाईएको स्थानीय प्रहरीले जनाएको छ । झगडा भएको स्थानीय किर्र्तीपुर सस रेस्टुरेन्ट क्षेत्रमा हिजोबाट सुरक्षा ब्यबस्था थप कडा गरिएको पनि प्रहरीले जनाएको छ ।

तीन दिन अघि किर्तीपुरको सल्यानथानमा भक्तपुरबाट एक व्यक्ति आफ्नो छोरी ज्वाईंको कोठामा गएका थिए । छोरी ज्वाईं घरमा थिएनन् । त्यसैले ती व्यक्तिलाई सुरुमा घरबेटीले पस्न दिएनन् । पछि ती व्यक्ति छोरी ज्वाईको कोठाको चाबी खोलेर बसे । बाहिरका मान्छे ल्याएको भन्दै ती घरबेटीसँग स्थानीयले बिरोध गरे । सोही प्रकरणले झगडा निम्तियो ।

यसरी सुरु भएको झगडाले उग्र रुप लिएको हो । बाहिरी मान्छेलाई घरमा ल्याएको भन्दै कोरोना सँक्रमण सर्ने त्रासले स्थानीयले ती घरबेटीलाई पसल बन्द गर्न भनेका थिए । तर घरबेटीले पसल बन्द गर्न मानेनन् । सोही क्रममा झगडा हुँदा ती घरबेटीले नजिकको बँगुर फारममा कार्यरत युवाहरु सुरक्षाको लागि आए  ।

हिजो स्थानीय युवा र बँगुर फारममा कार्यरत युवाबीच झगडामा खकुरी प्रहार हुँदा फारमका कार्यरत युवा गम्भिर घाईते भएका हुन् । सो झगडामा स्थानीय युवा पनि घाईते भएका छन् । बँगुर फारमका गँभिर घाईते युवाको अहिले किर्तीपुर अस्पतालमा प्रारम्भिक उपचार पछि काठमाडौंको टर्मा सेन्टरमा लाने भनिए पनि ती युवालाई त्रिबिबी शिक्षण अस्पताल लगियो । अहिले उनको उपचार जारी छ ।

स्थानीयबीच समुहगत झगडा भएपछि बलम्बुबाट थप प्रहरी सो क्षेत्रमा परिचालन गरिएको छ । लक डाउनको बेला सल्यानथान क्षेत्रमा हिजोसम्म मानिसको जमघट व्यापक भए पनि आज सो क्षेत्रको सुरक्षा व्यबस्था कडा गरिएपछि सो क्षेत्र शान्त रहेको महानगरीय प्रहरी बृत्त किर्तीपुरले जनाएको छ । त्यसपछि भक्तपुरबाट गएका ती व्यक्तिलाई प्रहरीले क्वारेन्टाईनमा पठाएको छ ।