भारतमा कोरोना सँक्रमित १ लाख नाघे, विश्वमा ५० लाख नाघ्यो


ब्युटी न्युज नेपाल
काठमाडौं ८ जेठ

नेपालमा आज बिहान कोरोना सँक्रमितको सँख्या ४४४ पुग्दै गर्दै छिमेकी मुलुक भारतमा कोरोना सँक्रमितको सँख्या १ लाख नाघेको छ ।

बिहिबार बिहानसम्म भारतमा कोरोना सँक्रमितको सँख्या १ लाख १२ हजार ०२८ पुगेको छ । भारतमा सबैभन्दा बढी कोरोना सँक्रमित महाराष्ट प्रदेश रहेको छ । बलिउड महानगर मुम्बई पनि यतीबेला कोरोनाले आक्रान्त भएको छ ।

 

कोरोना भाईरस सँक्रमित कुन देशमा कती ? बिहिबार बिहानको तथ्याँक

यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको सँख्या बिहिबार बिहानसम्म ३ हजार ४३४ पुगेको छ । यसैगरी भारतमा आजसम्म कोरोना सँक्रमणबाट ४५ हजार ४२४ जना ठिक भईसकेका छन् ।

यता बिश्वमा बिहिबार बिहानसम्म कोरोना सँक्रमितको सँख्या ५० लाख नाघेको छ । सँक्रमित ५० लाख ८५ हजार ६६६ पुगेका छन भने अहिलेसम्म ३ लाख २९ हजार ७३६ जनाको मृत्यु भईसकेको छ । सँक्रमित मध्य २० लाख २१ हजार ६७३ जना सँचो भईसकेका छन् ।