कोरोना सँक्रमित १७ जना झापा, धनकुटा र सुनसरीमा थपिँदा ४४४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ,

आज बिहिबार बिहान नेपालमा १७ जना कोरोना सँक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापा, धनकुटा र सुनसरी जिल्लामा १७ जना कोरोना संक्रमण देखिएको छ । यसरी आज बिहान १७ जना थपिँदा नेपालमा नेपालमा कोरोना संक्रमणको सँख्या ४४४ जना पुगेको छ ।

सँक्रमित १७ जना मध्य १५ जना त झापाको कचनाकवल गाउँपालिकाका रहेको अधिकारीले बताए । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको पनि सहप्रवक्ता अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।