डिजिटल भेलामा चलचित्र पत्रकारिता दिवस


ब्युटी न्युज नेपाल/सरिता भारती

काठमाडौं, ७ जेठ 

जेठ ७ लाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको चलचित्र पत्रकार संघ नेपालले डिजिटल भेला मार्फत आज यो दिवस मनाएको छ ।  २०५६ सालमा स्थापना भएको यो संघको बुधबार २१ औं स्थापना दिवसको अबसरमा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना व्यक्त गरे ।

संघद्धारा आयोजित डिजिटल वार्षिक उत्सब कार्यक्रममा चलचित्रसंग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले कोरोना सँक्रमणका कारण नेपाली चलचित्रको बर्तमान अबस्थाको पीडा सहित भविष्याप्रति चिन्ता व्यक्त गरे । उनीहरुले चलचित्र पत्रकारसंग हातेमालो गर्दैै अघिबढ्ने प्रतिबद्धता पनि जनाए ।

डिजिटल कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कोरोना सँक्रमणका कारण चलचित्र उधोग नै धरासायी भएकोमा चिन्ता व्यक्त गरे । उनले पत्रकारलाई अहिले सुरक्षित भएर काम गर्न अनुरोध गरे । चलचित्र विकाश बोर्डका सदस्यसचिब महेन्द्र साँखीले मर्यादित पत्रकारिता सहितको शुभकामना व्यक्त गरे ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सहकार्यका साथ अघि बढ्ने बताए । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा राणाले चलचित्र पत्रकारहरुलाई शुभकामना दिँदै एक अर्कामा सहकार्य गर्दै अघि बढ्ना प्रतिवद्धता जनाईन् । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले शुभकामना दिँदै राहत सँकलनमा यसपटक आफुले पत्रकारको ठुलो साथ पाएको बताए ।

ले डिजिटल प्राविधिबाटै घरमै बसेर चलचित्र पत्रकारिताको अहिलेको अबस्था बारे बसह गर्यो । मुलुकमा कोरोना सँक्रमणको बढ्दो अबस्था र लकडाउनका कारण संघले घरमै बसेर डिजिटल प्रविधिबाट बार्षिक उत्सब मनाएको हो ।

संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको सो अडिजिट भेलामा संघका संस्थापक अध्यक्ष भरत शाक्यले २१ वर्षमा आउँदा नेपाली चलचित्र पत्रकारिता मुलधारको बनिसकेको बताए । संघका पूर्व अध्यक्ष बिदूर गिरीले विश्वासिलो पत्रकारिताको आह्वान गरे ।सबैलाई शुभकामना दिँदै यसलाई पेशागत रुपमा अघि बढाउन पनि उनले आह्वान गरे ।

संघकै अर्का पूर्व अध्यक्ष शान्तिप्रियले नेपाली चलचित्र पत्रकारितामा धेरै साथीहरु आए पनि गुणस्तरमा अझै ध्यान दिनुपर्ने बताए । यस्तै संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटाले सबै चलचित्र पत्रकारहरुलाई शुभकामना दिँदै अहिलेको अबस्थामा थप सुरक्षित भएर काम गर्ने पर्ने बताए । अध्यक्ष सिटौलाले आहिलेको अबस्थामा संघका सदस्यहरुलाई आफुहरुले राहत प्रधानसँगै कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री प्रदान गरेको बताए ।

डिजिटल भेलामा संघको मकवानपुर, चितवन, रुपन्देही, कास्की, दाङ, सुनसरी, नेपालगञ्जसहित सबै शाखाका अध्यक्षहरुले कोरोना सँक्रमणको अबस्थामा आफुहरुले जिल्लामाा रहेर काम गर्दाको अबस्थाबारे जानकारी गराए ।

चलचित्र पत्रकारिता दिवसकै अबसरमा चलचित्र पत्रकार संघ कास्की शाखा, चितवन शाखाले चलचित्र पत्रकारिता पुरस्कारको घोषणा बुधबार गरे । जसमध्य मकवानपुर शाखाले पत्रकार बिदुर गिरी, राममणी दाहाललाई पुरस्कार र सिनेकर्मी पुष्कर लामालाई सम्मानको घोषणा गरेको शाखा खध्यक्ष मणिराज गौतमले बताए  ।

चितवन शाखाले काठमाडौंमा कार्यरत विजय आवाज सुवेदी, चितवनका पत्रकार किशोर खनाल र सुशील पन्तलाई सम्मान गर्ने घोषणा गरेको शाखा अध्यक्ष रबी अधिकारीले बताए । संघले वरिष्ठ कलाकार ऋृद्दीचरण श्रेष्ठलाई पनि सम्मान गर्नेछ ।

कास्की शाखाले पुरस्कार स्थापना गरेपनि नाम घोषणा पछि गर्ने शाखा अध्यक्ष अरुण गिरीले बताए । रुपन्देहीका शाखा अध्यक्ष समुन श्रेष्ठले कार्यशाला आयोजना गर्ने जानकारी गराए । बुधबार नै दाङ शाखाले चलचित्र पत्रकारिता दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको अध्यधक्ष शिब पुनले बताए ।

कार्यक्रममा संघका सल्लाहकार बिजयरत्न तुलाधर, संघका महासचिब समिर बलामी, उपाध्यक्ष कुवेर डँगोल, जीबन पराजुली, दीपज्योती थापा, सचिब रघुनाथ सापकोटा, बिशाल राईलगायतले पनि आफ्नो भनाई राखे ।