ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

मँगलबार काठमाडौंमा सँक्रमित भेटिएका ३ जना मध्य दुई जना प्रहरी थिए भने तेश्रो व्यक्ति काठमाडौंका बागबजारस्थित छापाखानामा काम गर्ने कामदार रहेका खुलेको हो । हाल उनलाई आइसोलेसनमा राखिसकिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनी गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल भन्ने ठाउँमा बस्दै आएका थिए । डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्थानीय जनप्रतिनिधिहरुका अनुसार ती कामदार काठमाडौ महानगरपालिका २८ को बागबजार बुद्धबिहार पछाडि बस्ने गर्दथे । सो क्षेत्रलाई पनि शिल गर्ने तयारी भइरहेको छ । हार्दिक होटल आसपासको क्षेत्र शिल गर्ने तयारी गरिएको स्थानीय प्रतिनिधिले बताएका छन् ।

पाखानामा काम गर्दै आएका ती कामदार नेपालमा लकडाउन सुरु भए लगत्तै भैरहवास्थित घर गएका थिए । तर, लकडाउन केही खुकुलो भएपछि अब बजार खुल्ने भन्दै छापाखानाबाट बोलाईएको भन्दै उनी काठमाडौ आएका थिए । उनमा भैरहवाबाटै कोरोना संक्रमण भएको थियो । काठमाडौमा आएर भयो भन्ने बिषयमा विज्ञहरुले अनुसन्धान थालेका छन् ।