फिक्कलको सुनकोशीमा डुबेका दुबैको शब भेटियो 


ब्युटी न्युज नेपाल

सिन्धुली, ६ जेठ

फिक्कल गाउँपालिका ४ स्थित सुनकोशी नदीको कुईभिरमा पौडी खेल्ने क्रममा आइतबार विहान ११ बजे डुबेका २ जनाको शब फेला परेको छ । मृतकहरुमा सुर्खेतको पञ्चपुरी नगरपालिका ७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षत्री र २० वर्षीय विश्वजनक बुढाक्षत्री रहेका छन् ।

सुर्खेत जिल्ला पञ्चकोटी नगरपालिका ७ का ती युवा फिक्कलमा काठको मिस्त्रीका रुपमा कार्यरत थिए । पाँच जनाको समुह पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनीहरु डुबेर हराएका हुन् ।

प्रहरी चौकी खाङसाङबाट प्रहरी सहायक निरीक्षकका अनुसार यी दुवैजनाको शव मंगलबार खोलाको किनारमा फेला परेको हो । दिनेशको शब फिक्कल गाउँपालिका ५ नारिम खोलाको दोभानमा र विश्व जनकको शव फिक्कल गाउँपालिका ५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको पनि  उनले बताए । उनीहरुको शबलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल सिन्धुली पठाईएको छ ।