रामेछाप, ललितपुर, सिन्धुली र लमजुङमा पहिलो पटक कोरोना सँक्रमित, ४०२ पुगे सँक्रमित


रामेछाप, ललितपुर, सिन्धुली र लमजुङमा पहिलो पटक कोरोना सँक्रमित

ब्युटी न्युज नेपाल

काठमाडौं, ६ जेठ

नेपालमा कोरोना सँक्रमितको सँख्या ४०२ पुगेको छ । आज बिहान मात्र झापामा ९, सुनसरीमा १ र मोरङमा १ जना कोरोना सँक्रमित भेटिएका थिए ।

दिउँसो फेरी १६ जना सँक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार आज दिउँसोसम्म कुल २७ जना थप कोरोना सँक्रमित भेटिएका छन् । उनका अनुसार सँक्रमितहरु १७ देखि ४२ वर्ष उमेरका छन् । जसमा २४ पुरुष र ३ जना महिलालाई आज सँक्रमण भेटिएको हो ।

आज दिउँसो सँक्रमितहरु मध्ये कपिलबस्तुका ४ जना, काठमाडौंका ३ जना, सर्लाहीका २ जना, भक्तपुरका १ जना, मकवानपुरका १ जना, रामेछापका १ जना, ललितपुरका १ जना, सिन्धुलीका १ जना, लमजुङका १ जना र नवलपरासीका १ जना रहेका छन् ।

रामेछाप, ललितपुर, सिन्धुली र लमजुङमा पहिलो पटक कोरोना सँक्रमित भेटिएका हुन् । यी जिल्लामा यस अघि कोरोना सँक्रमित भेटिएका थिएनन् । सँक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको पनि प्रवक्ता देबकोटाले बताएका छन् ।