ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

प्रधानमन्त्र केपी शर्मा ओलीले सरकारद्धारा सोमबार नक्सामा जारी गरेको जमिनलाई जसरी पनि फिर्ता ल्याउने बताएका छन् । नीति तथा कार्यक्रमबारे आज मँगलबार सँसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधामन्त्री ओलीले यस्तो बताएका छन् ।

अहिले नक्सामा सार्वजनिक गरिएको लिपुलेक, लिम्पयाधुरा, कालापानीलगायतको भूमि नेपालको भएकाले त्यसलाई ल्याउने उनले बताएका छन् ।यो बिषयमा तथ्य प्रमाणका आधारमा बार्ता हुने विश्वास उनले सँसदमा व्यक्त गरेका छन् । नेपाल र भारतको मित्रता अत्यन्त राम्रो रहेको र यस्तो मित्रतामा कुनै पनि कुराले दरार नफैल्याउने भनाई पनि उनले राखेका छन् ।

नेपाल र भारतले एक अर्काको सार्वभौमता, सत्ता स्वाधितना स्विकारेर मित्रता अझ राम्रो बनाउने विश्वास पनि उनले व्यक्त गरे ।

भारतसँग सुमधुर मित्रा आफुहरुले चाहेको पनि उनले बताएका छन् । केही बाटो खेनेको, नक्सा भारतबाट छापिएको भए पनि पहिला भएको ती गल्ती दुबै देशले सच्याएर मित्रतालाई अझ उचाईमा लाने विश्वास उनले ब्यक्त गरेका छन् ।
सुगौली सन्धी र लडाईंको बेला नेपलाको भनेर स्विकारेको भूमी अहिले थिचोमिचो गर्नु आफुहरुलाई स्विकार्य नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । अहिलेको सिमा बिबाद वार्ताद्धारा टुँग्याउनु भनेको मित्रभाव भएको र आफुहरुले मित्रभावका आधारमा भूमि फिर्ता गर्न आग्रह गरेको पनि उनले बताए ।

यो सजिलतो नभएको र त्यति अजिलो बिषय पनि नभएको उनले बताए । उनले सत्य मेव जयते भन्दै भारतले त्यो कुरामा विश्वास गर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।