गीतकार तारा अधिकारीले ल्याईन विश्वासको दियो…


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

अहिले देशमा लकडाउन जारी छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण २ महिनादेखि लकडाउन जारीरहेको हो ।

यसैक्रममा गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत विश्वासको दियोको लिरिकल भिडियो सार्वजनिक भएको छ । यो गीतको लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् ।

गीतमा कल्याण सिंहको संगीत, राज सिग्देलको स्वर र उदय राज पौडेलको संगीत संयोजन छ । यो गीतलाई आरबी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रकेर्डिङ गरेका हुन् ।

यो गीत सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ । लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएपछि सुनौलो तारा एल्बममा समावेश यो गितको पनि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताईन् ।