ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

चलचित्र पत्रकार संघ नेपालले हरेक ७ जेठ जस्तै भोली बुधबार पनि चलचित्र पत्रकारिता दिवस मनाउँदैछ । बिगत दुई दशकदेखि ७ जेठलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको संघले यसपटक घरमै बसेर चलचित्र पत्रकारिता दिवस मनाईने भएको छ ।  बिगतमा यसै दिन प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता पुरस्कार र सम्मान यसपटक संघले स्थगित गरेको छ ।

तर बिगत झै चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले यसपटक पनि पुरस्कार र सम्मानलाई निरन्तरता दिने जनाएको छ । मकवानपुर साखाले सम्माति र पुरस्कृतको नाम घोषणा गरेको छ । मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । संघको बैठकले सो निर्णय गरेको हो ।

हाल कोरोना भाईरसको महामारीको कारण यो वर्ष प्रदान गरीने पुरस्कारलाई महामारीको स्थिती सामान्य भएपछि मात्रै प्रदान गरीने संघका अध्यक्ष मणीराज गौतमले बताए ।

चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरीलाई प्रदान गरिने भएको छ । गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको रासी सहित सम्मानपत्र प्रदान गरिने छ ।

चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट यसपटक गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाललाई प्रदान गरिने घोषणा गरेका छ । दाहाललाई नगद ५ हजार सहित सम्मानपत्रबाट पुरस्कृत गरिने छ ।

यस्तै संघले चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारीतामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई दोसल्ला ओडाएर सम्मानित गरिने भएको छ ।