ब्युटी न्युज नेपाल
विराटनगर, ६ जेठ,

आज बिहान फेरी ११ जना कोरोना भाईरस सँक्रमित थपिएका छन् । ती सबै प्रदेश १ का हुन् । कोशी अस्पतालका अनुसार सँक्रमितहरुमा झापाका ९ र सुनसरीका २ जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा उनीहरुको कोरोना भाईरसको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताएकी छिन् । झापाका सँक्रमितहरु स्थानीय केचनकवल गाउँपालिकाका रहेका बताईएको छ ।

मँगलर नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जनामा कोरोना पोजेटिभ देखिएको सो अस्पतालले जनाएको छ । जसमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी रहेका छन् । यसरी प्रदेश १ मा फेरी आज बिहान ११ जना कोरोना सँक्रमित थपिएका छन् । यो रिपोर्ट स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा पढाईएकाले मन्त्रालयले बिज्ञप्ति मार्फत घोषणा गर्ने बताईएको छ ।