सरकारले पारित गर्यो नेपालको नयाँ नक्सा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

ने्पाल सरकारको मन्त्री परिषदको बैठकले नेपालको नयाँ नक्सा पारित गरेको छ । नयाँ नक्सा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।

नयाँ नक्सामा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको छ । यो नक्सालाई अब प्रसासनिक रुपमा हरेक कार्यमा प्रयोग गर्ने सरकारले जनाएको छ ।

नक्सा सार्वजनिक गरेपछि सोमबार सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको बताए । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको पनि उनले जनकारी गराए ।

यो नक्सालाई त्रित्रिबी केन्द्रिय विश्व विधालय भूगोल केन्द्रिय विभागका प्रध्यापकले तयार गरेका हुन् । अहिले नक्सामा देखाईएको लिपुलेक, लिम्पिया धुरा, कालापानीलाई भारत सरकारले कब्जा गर्न खोजिरहेको छ । नेपालको सो भूमिबाट कुटनीतिक पहल मार्फत भारतीय सेना हटाउने सरकारले बताउँदै आएको छ ।