सिन्धुलीमा आरडिटी परिक्षण गर्दा १३ जनाको कोरोना पोजेटिभ


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

नेपालमा जताततै कोरोनाको जोखिम बडेको बेलो सिन्धुलीमा सोमबार कोरोना परिक्षण गरिएको छ । । जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलका अनुसार सोमबार र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको हो । जसमध्य १३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि कसरी यस्तो अवस्था आयो भन्ने विषयमा खोजी भइरहेको छ । यो पुष्टी गर्नको लागि पुन उनहरुको स्वाब नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गरिनु पर्ने भएको छ । जसका लागि स्वाब सँकलन गरी पिसिआर प्राविधिबाट परिक्षण गर्न पठाईने भएको छ । अध्यक्ष पोखरेलका अनुसार फ्रन्टलाइनमा रहेर काम गर्ने जिल्ला अस्पताल, जिल्ला प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र सर्वसाधरणमा गरिएको आरडिटी परीक्षणमा पोजेटिभ पाइएको हो ।

पोजेटिभ देखिएकाहरुको यात्रा विवरण सङ्कलन गर्ने कार्यमसेत भइरहेको छ । सिन्धुली उच्च जोखिममा रहेकाले अघिल्लो पङ्गतीमा रहेर काम गरिहरेका चिकित्सक, पत्रकार, अभियन्ता, सुरक्षा निकायको परीक्षण गर्नु पर्ने माग भइरहेको स्थितिमा आइतबार पाँच सय कीट सिन्धुली भित्रिएको थियो । कीट आएपछि फ्रन्ट लाइनमा काम गर्नेहरुको सोमबार गरिएको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको हो ।