ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

बिहिबार बेलुका कोरोना सँक्रमणबाट मृत्यु भएकी सिन्धुपालचोक राम्चेकी २९ वर्षीय महिलाका परिवारका सदस्यको कोरोना रिपोर्ट आएको छ । ती महिलाकी १२ दिनको शिशु, श्रीमान सहित परिवारका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा उनीहरुको स्वाब परिक्षण गरिएको हो । यो रिपोर्ट आएसँगै उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले बताछ ।

तर पनि यी परिवार अझै केही समय क्वारेन्टाईनमा सुरक्षित बस्नेछन् । कतीपयलाई सुरुमा संक्रमण नदेखिएपछि केही दिनपछि देखिने सँभावना हुन्छ । कोरोना सँक्रमणबाट नेपालकी पहिलो मृतक ती महिलाका परिवार अहिले निकै त्रसित अबस्थामा थिए । आफुहरुको अहिलेको रिपोर्ट नेगेटिभ आएपछि परिवारले ती शिशुको अझ खुलेर स्याहार गर्न सक्ने भएका छन् ।