ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

अमेरिकन आईडलको फाईनलको रिजल्ट आएको छ । फाईनलमा एक घन्टाको लागि मात्र मतदान खुला गरिएकोमा नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) भोटका कारण उपबिजेतमा सिमित रहे । उनले अमेरिकन आईडलको उपाधि भने जित्न सकेनन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । आप्रबासी अमेरिकन गायिका जस्ट सामले अमेरिकन आइडलको उपाधि चुमेकी छिन् । उनी र दिवेशबीच उत्कृष्ट प्रतिस्पर्धा थियो । जसमा दिवेश उपविजेता बनेका हुन् ।

अमेरिकन आइडल सन २०२० को उपाधि जित्ने २१ वर्षीया समन्था डियाजन न्यूयोर्क निवासी हुन् । उनी लाइबेरियन मूलकी अश्वेत गायिका हुन् । उनको स्टेज नाम जस्ट साम हो । सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सव वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् । आफुले यो उपधि जितेकोमा खुसीको सिमा नरहेको उनले बताएकी छिन् ।

तथापि दिवेशले फाईनलसम्म पुगेर आफुसँगै नेपाललाई पनि विश्वमा चिनाएका छन् । यसलाई पनि ठुलो सफलताको रुपमा लिईएको छ । उनी अमेरिकन आईडलको फाईनलसम्म पुग्ने पहिलो नेपाली हुन् । बिजेता बन्न नसकेपनि आफुलाई उप बिजेता पनि ठुलो सफलता भएको दिवेशले बताएका छन् । आफुलाई मतदान गर्ने सबैलाई उनले धन्यबाद ज्ञापन गरेका छन् । गायनमा निरन्तर लाग्ने उनले प्रतिबद्धता जनाएका छन् ।