बाँकेको क्वारेन्टाईनमा युवाको मृत्यु, कोरोना परिक्षण हुँदै


ब्युटी न्युज नेपाल
नेपालगञ्ज ४ जेठ,

क्वारेन्टाईनमा बसेका एक युवाको मृत्यु भएपछि कोरोना परिक्षणको लागि उनको स्वाबको नमुना पठाईएको छ । आज आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको हो । उनी बिगत ५ दिन देखि नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

अहिले ती युवाको शब आफन्तलाई छुन दिईएको छैन । उनमा कोरोना सँक्रमण होकी भन्ने आशँका गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अहिले ती युवाको कोरोना परिक्षण गर्न लागिएको छ । मृतकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारणबारे जानकारी हुने बताए । युवकको मृत्युको जानकारीपछि स्वाबको नमुना सँक्रमनका लागि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको पनि प्रजिअ खड्काले जानकारी गराए ।

क्वारेन्टाईनमा बस्ने क्रममा उनको स्वास्थ्यमा केही समस्या देखिएको थियो । भारतबाट आउने क्रममै सामान्य बिरामी रहेका उनको निधन क्वारेन्टाईनमा उनलाई वाकवाकी लागेको थियो । उनको मृत्यु उपचार नपाईकन भएको आरोप छ । ती युवा नरैनापुर–५ नयाँ बस्तीका हुन् ।

उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरिएको थियो । तर आफुसँग पीपीई नभएका कारण लान्न भन्दै चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले बताएका छन् । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् । उनीहरुले ती युवाको शब नबुझ्ने पनि बताएका छन् । ती युवाको निधनसँगै अहिले सो क्वारेन्टाईनमा बस्ने अरु पनि त्रसित बनेका छन् । ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।