बिहान थप १० जनामा कोरोना, नेपालमा सँक्रमित २९१ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

आज आईतबार बिहानसम्म नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या २९१ पुगेको छ भने कोरोनाबाट एक जनाको निधन भईसकेको छ । आज बिहान रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित रौतहट राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु हुन् । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जनाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुको सँक्रमण पोजेटिभ देखिएको र हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको पनि अधिकारीले जनाएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस सँक्रमित सबै १० जना हालै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको पनि घिमिरेले बताएका छन् ।

शनिबार बेलुका ३ जनामा कोरोना सँक्रमण देखिएको थियो । जस मध्य दुई जना धनुषाका २० र ६५ वर्षका पुरुष र १ जना सिन्धुपालचोककी महिला थिए । शनिबार नेपालमा कोरोना संक्रमणका कारण सिन्धुपालचोककी २९ वर्षीया एक जना सुत्केरी महिलाको मृत्यु भएको हो ।