पाल्पा जिल्ला पनि ५ जेठसम्म सिल


ब्युटी न्युज नेपाल
पाल्पा, २ जेठ

स्थानीय क्षेत्रमा कोरोनाको प्रकोप बढेपछि पर्सा र बारा जिल्लामा कफ्र्यु लगाईएको छ भने १ जेठबाट गोरखा, गुल्मी लगायतका जिल्ला सिल गरिएको छ । यस्तै ३ जेठ शनिबार बिहानबाट ५ जेठ राति १२ बजेसम्म पाल्पा जिल्ला पनि सिल गर्ने निर्णय गरिएको छ ।

यसै बिषयमा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने,‘छिमेकी जिल्ला रुपन्देहीमा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलबस्तु र नवलपरासीमा पनि कोरोना सँक्रमित बढेपछि हाम्रो जिल्लामा संक्रमण भित्रिन नदिन जिल्ला नै सिल गर्ने निर्णय गरेका हौं ।’

शुक्रबार बसेको पाल्पा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले ३ जेठबाट ३ दिनसम्म पाल्पा सिल गर्ने निर्णय गरेको पनि सुवेदीले बताए । यो क्रममा सिल गरिएको अबधिभर मानिसको आवत जावतमा पनि रोक लगाएको र अत्यबस्यक काम बाहेक घरबाट बाहिर ननिक्लन जिल्लाबासीले निर्देशन दिएको पनि सुवेदीले बताएका छन् ।

उनका अनुसार पाल्पामा औषधि, एम्बुलेन्स, शव बहानलगायतका अत्यावश्यकीय वस्तुको गाडी मात्र परिक्षणपछि प्रवेश गर्न दिईने छ । यी बाहेक बाँकी कुनै पनि सवारीसाधन आउन नदिने र औषधि पसल बाहेक कुनै पनि उद्योग व्यवसाय संचालन नगर्ने निर्णय भएको पनि प्रजिअ सुवेदीले बताएका छन् ।