ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

चलचित्र पत्रकार संघले ७ जेठमा आफ्नो वार्षिक उत्बस डिजिटल भेलाको माध्यमबाट गर्ने भएको छ । संघका महासचिब समिर बलामीले एक बिज्ञप्ति जारी गर्दै लकडाउनको समयलाई मध्य नजर गर्दै भेला भएर औपचारिक कार्यक्रम गर्न नसकिने जनाएका छन् । त्यसैले प्रविधिबाटै आफ्नो बार्षिक उत्सब मनाउने निर्णय गरेको पनि संघको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै बिगतमा हरेक वर्ष प्रदान गरिँदै अएको चलचित्र पत्रकारिता सम्मान चलचित्र पत्रकारिता पुरस्कार यसवर्ष स्थगीत गरिएको पनि बिज्ञप्तिमा जनाईएको छ ।

बिज्ञप्तिमा लेखिएको छ, ‘हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिनको दिन चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सो अवसरमा दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानीत गर्दै आईरहेको सर्वविदितै छ । कोरना भाइरस जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्य नजर गर्दै यस बर्ष संघले सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगीत गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । अर्को बर्ष पुरस्कार रकममा बढोत्तरीका साथमा मोफसलबाट थप एक जनालाई समेत मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय संघले गरेको छ ।’

बिज्ञप्तिमा लेखिएको छ, ‘यसपाली चलचित्र पत्रकारिता दिवस अर्थात ७ जेष्ठमा डिजिटल प्लेटफर्म मार्फत संघको २१ औं बार्षिक उत्सव मनाउने र शुभकामना आदान–प्रदान गर्ने निर्णय समेत संघले गरेको छ । उक्त प्लेटफर्ममा जोडिन संघ सम्पूर्ण सदस्यहरुमा हार्दिक अपिल गर्दछ । संघ कोरना संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । लकडाउनको पूर्ण पालना गरौं, घरमै रहौं, सुरक्षित रहौं । आफु बचौं, अरुलाई पनि बचाऔं ।’