भारतीय अतिक्रमण बिरुद्ध मलाई नालापानी…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले मलाई नालापानी, लिपुलेक हेर्न मन छ … बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् । भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको प्रसँग यो गीतमा समेटिएको छ । यो देशभक्ती राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् । कपिल घिमिरेको संगीत रहेको यस गीतलाई प्रकाश केसीले संगीत संयोजन गरेका हुन् ।

रबि अधिकारीको कन्सेप्ट रहेको यो गीतको भिडियोलाई भोला सुबेदी (आर जे प्रणब) ले निर्देशन तथा सम्पादन गरेका हुन् । गीतको भिडियोमा कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्रि पगेनी, जयकिसन बस्नेत, जहान्वी बस्नेत, अनुप भट्टराई, अर्जुन भुषाल, उत्सव अधिकारी, पुष्कर लामा, काब्य कार्की, दीपकराज पाठक, सुधिर नेपाल, कृष्ण भट्टराई, अस्मिन घिमिरेको अभिनय छ ।

राजिव बस्नेत र भोला सुबेदीको छायांकन गरेको यस गीतलाई उषा थापाले निर्माण गरेकी हुन् । सार्वजनिक भिडियो नमस्ते फिल्मी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।