राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनको कोरोना नेगेटिभ


ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ,

आज संसद भवनमा प्रस्तुति गरिने नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुँदैछन् । सबै साँसद तथा सँसदका कर्मचारी पछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको पनि कोरोना परीक्षण गरिएको छ । दुबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआरबाट परीक्षण गरिएको हो । परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसरी शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा नेगेटिभ रिपोर्ट आएकाले सबैमा कोरोना सँक्रमण नरहेको पनि मन्त्रालयले जनाएको छ ।