ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

नेपालमा मकवानपुरमा पहिलो पटक कोरोना सँक्रमित भेटिएको हो । आज शुक्रबार विहान मात्र फेरी नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । जस मध्य मकवानपुरमा १ जना रहेका छन् । बाँकी ८ जना सँक्रमित बाँकेमा ८ भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरिएको परिक्षणमा बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका अनुसार बाँकेमा देखिएका नयाँ कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

यो सहित नेपालमा कोरोना सँक्रमितको सँख्या २ सय ५८ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मकवानपुरमा कोरोना सँक्रमित भेटिएपछि त्यहाँको सुरक्षा ब्यबस्था अझ टाईट गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यहाँ पूर्व पश्चिम राजमार्गमा गाडी आगमन बन्द गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । सबैको स्वास्थ्य अबस्था सामान्य छ ।