ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० बैशाख

कोरोना सँक्रमणका कारण जारी लक डाउनले गर्दा घरमै बसेका काठमाडौं र आसपासका मानिसहरुले अहिले बेलुका भूकम्पको धक्का महसुर गरेका छन् । मंगलबार अहिले राति करिब ११ बजेर ५३ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले ५.३ म्याग्निच्युडको भूकम्पको गएको हो । भूकम्पबाट दोलखासहित रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, ओखलढुँगालगायतका जिल्लामा धक्काको महसुस गरिएको छ ।