कोरोनाबाट बिदेशमा ७८ नेपालीका ज्यान गयो


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख

नेपालमा अहिलेसम्म कोरोना भाईरस सँक्रमणबाट कसैको ज्यान गएको छ्र्रैन । यो सुखद पक्ष हो । तर बिदेशमा रहेका नेपालीहरुको कोरोना भाईरसबाट अहिलेसम्म ७८ जनाको निधन भईसकेको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)का प्रेस सँयोजक चिरन शर्माले जनाएका छन् ।

गैह्र आवासीय नेपाली संघ (एनआरएनए)का स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार आईतबार बिहानसम्म बिदेशमा रहेको नेपाली मृतकको सँख्या ७८ पुगेको हो । जसमा पनि कोरोना सँक्रमणबाट सबैभन्दा बढी ५१ जनाको मृत्यु बेलायतमा भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

सो समितिका संयोजक डा सञ्जीव सापकोटाले जस मध्य न्युयोर्कमा १२ जना, कोलोराडोमा २ जना र भजिर्नियामा एक जनाको मृत्यु भएको पनि सो समितिले जनाएको छ ।

यस्तै कोरोना सँक्रमणबाट मृत्यु हुने नेपालीमा संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा १/१ रहेका छन् ।

कोरोना भाइरसबाट यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा बेलायतका २ तथा स्वीडेन, बहराइन र युएईका १/१ जना रहेका छन् ।