अभिनेत्री सुहाना थापाको जनावर प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

अभिनेत्री सुहाना थापाले बुढानिलकण्ठमा रहेका भगवान कृष्णको मन्दिरमा पुगेर त्यहाँ रहेका ७५ ओटा गाईलाई खाना खुवाएर आफ्नो जन्म दिन शुक्रबार मनाईन् । यस अघि उनले लक डाउनमा बाँदरलाई केरा खुवाएको भिडियो शेयर गरेकी थिईन् । निर्देशक एवम् अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’बाट नायिकाको रुपमा डेब्यु गरेकी हुन् । उनी पछिल्लो समय नयाँ चलचित्र ए मेरो हजुर ४ मा अभिनयरत छिन् ।

आफु कृष्णभक्त भएका कारण उनले त्यहाँ पुगेर जन्मदिन मनाएकी हुन् । यी नायिकाले जन्मदिन सो कृष्ण मन्दिरमा मनाउन पाउँदा खुसी व्यक्त गरेकी छिन् । आमा झरना थापा र बुबा सुनिलकुमार थापासँग उनी त्यहाँ पुगेकी थिईन् ।

लकडाउनको बेला केही अभिनेत्रीहरुलाई मानिस भन्दा जनावर प्यारो भएका छन् । लक डाउनका कारण धेरै गरिब नेपालीहरु भोका छन् । त्यसैले अभिनेता अभिनेत्रीहरुले मानिसलाई सहयोग नगरेकोमा दर्शकले टिप्पणी गरेका छन् ।

हुन त यो अबस्थामा घर पालुवा जनावर पनि भोका नभएका हैनन् । उद्यपि सिने क्षेत्रकै कतीपय बिपन्नहरुले यस्तो बेलामा आफुहरुलाई पनि सहयोग गरिदिए हुन्थ्यो भनेर अपिल गरिरहेका छन् । सिमित सिनेकर्मी बाहेक अरुले यसतर्फ चासो देखाएका छैनन् । बरु बिदेशमा बसेका नेपाली सिनेकर्मीले उनीहरुलाई सहयोग पठाईरहेको छन् ।

यद्यपि अभिनेत्री सुहाना थापालाई जन्मदिनको शुभकामना ।